Published Date: Thu Aug 20 2026 09:51:24 GMT+0000 (Coordinated Universal Time)
७६ औँ वार्षिकोत्सवकाे निमन्त्रणा पत्र
यहिँ मिति २०८३ भाद्र ८ गतेदेखि १२ गतेसम्म यस विद्यालयको ७६ औँ वार्षिकोत्सव निम्न लिखित कार्यक्रमहरू सहित भव्य रूपमा मनाउने निश्चय भएको हुनाले यस विद्यालयका सम्पूर्ण जग्गादाताज्यूहरू, सम्पूर्ण श्रेयस्कर चन्दादाताज्यूहरू, विशिष्ट चन्दादाताज्यूहरू, मानार्थ चन्दादाताज्यूहरू, संरक्षक चन्दादाताज्यूहरू र आजीवन चन्दादाताज्यूहरू एवं सम्पूर्ण अभिभावकज्यूहरू तथा यस विद्यालयका सबै शुभचिन्तक शिक्षाप्रेमी व्यक्तित्व तथा संघसस्थाहरूलाई यस विद्यालयको तर्फबाट वार्षिकोत्सव समारोहमा समुपस्थित भइदिनुहुन निमन्त्रणा–पत्र पठाइसकिएको छ । स्वदेश तथा विदेशमा रहनुहुने एवं मादी बाहिर रहनुहुने सम्पू्र्ण चन्दादाताहरूलाई निमन्त्रणापत्र हात लगाउन नसकिएकोले यसै सूचनालाइ आधार मानि कार्यक्रममा समुपस्थित भइ वा शुभेच्छा प्रदान गरी वार्षिकोत्सव समारोहलाई सफल बनादिनुहुन सादर अनुरोध छ ।